सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

ईंग्ल्यान्ड र भारतबीच सेमिफाईनल आज,वर्षाले रोकिए भारत सोझै फाईनलमा

ईंग्ल्यान्ड र भारतबीच सेमिफाईनल आज,वर्षाले रोकिए भारत सोझै फाईनलमा

साझा पोष्ट
बिहीबार , असार १४ २०८१
  • images
    ईंग्ल्यान्ड र भारतबीच सेमिफाईनल आज,वर्षाले रोकिए भारत सोझै फाईनलमा
    images

    काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड भीड्नेछन् ।   आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।  पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ ।

    टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । जो २०२२ को बदला लिनका लागि भारतलाई आज मौका रहेको छ । अहिले भारतको टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ ।

    images
    images


    टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतीय टोली अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुगेको हो । भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर एटमा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ । उता इंग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
    तर, आज साँझ ९स्थानीय समयअनुसार बिहान० हुने खेल वर्षाले बिथोल्न सक्ने खतरा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले औंल्याएका छन् ।

    वेस्ट इन्डिजको गुयनास्थित प्रोभिडेन्स रंगशालामा खेल हुन लागेको हो । यस क्षेत्रमा दुई दिनदेखि लगातार वर्षात् भइरहेको छ । मौसमसम्बन्धी पूर्वानुमानहरूले विश्वकप सेमिफाइनलका बेला पनि पानी पर्ने उच्च सम्भावना औंल्याएका छन् ।

    २७ तारिख बिहान गुयनामा अलिकति आकाश खुल्ने तर वर्षात् पनि हुने भविष्यवाणी गरिएको छ । दिउँसो हावाहुरीसहित अझै सघन वर्षात हुनेछ । भविष्यवाणी अनुसार वर्षातको सम्भावना ९० प्रतिशत छ । ६१ प्रतिशत आकाश बादलले ढाकिनेछ भने भिजिविलिटी ६ किलोमिटर मात्र हुनेछ । यस्तै, पूर्व दिशाबाट ७ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्ने तथा २० किलोमिटर प्रतिघन्टाको दरमा हुरी पनि चल्न सक्ने जनाइएको छ ।
    यदि वर्षाका कारणले १०(१० ओभरको खेल पनि हुन सकेन भने भारत सीधै फाइनलमा पुग्नेछ । खेल रद्द भएको खण्डमा सुपर ८ मा आफ्नो समूहमा पहिलो हुने टीम फाइनलमा पुग्ने प्रावधान पहिल्यै तय गरिएको थियो । त्यसैले यदि वर्षातले खेल विथोलिएको खण्डमा भारतलाई फाइदा छ । यदि खेल बराबरीमा टुंगियो र सुपर ओभरबाट पनि नतिजा आएन भने पनि भारत नै फाइनलमा जान्छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार