मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

स्वीट्जरल्याण्डसँग हारेर यूरोकपबाट बाहिरियो इटली

स्वीट्जरल्याण्डसँग हारेर यूरोकपबाट बाहिरियो इटली

साझा पोष्ट
आइतबार, असार १७ २०८१
  • images
    स्वीट्जरल्याण्डसँग हारेर यूरोकपबाट बाहिरियो इटली
    images

    काठमाडौं । साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ ।

    नकआउट चरणको पहिलो खेलमै शनिबार राति  स्विट्जरल्याण्डसँग २–० ले हारेपछि इटलीको यात्रा अन्तिम १६ बाटै समाप्त भएको हो । स्विट्जरल्याण्ड भने क्वाटरफाइनल पुग्ने पहिलो टिम बनेको हो ।

    images
    images

    बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एकरएक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भार्गासले गोल गर्दै स्वीस टोलीको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको साविक विजेता इटलीले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न सकेन र बाहिरियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार