मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकपको अन्तिम आठमा

डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकपको अन्तिम आठमा

साझा पोष्ट
आइतबार, असार १७ २०८१
  • images
    डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकपको अन्तिम आठमा
    images

     काठमाडौं । जर्मनी युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम १६ मा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

    युरो कपको पूर्वविजेतासमेत रहेको जर्मनीलाई अन्तिम ८ सम्म पुर्‍याउन केइ हार्भाटेज र जमाल मुसेएलाले समान १-१ गोलको योगदान गरे । जर्मनीले पहिलो गोल पेनाल्टीमार्फत गरेको थियो । 

    images
    images

    अपराजित रहेका दुवै टिमलाई पहिलो हाफ प्रतिस्पर्धापूर्ण बनेको थियो । दुवै टिमलाई अग्रता गोल लिनै हम्मे पर्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

    तर, दोस्रो हाफमा  जर्मनीले गोल गर्दै जित हासिल गर्यो । आयोजक जर्मनीले क्वाटरफाइनलमा स्पेन वाजर्जियासँग खेल्ने छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार