मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्यासको घोषणा

विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्यासको घोषणा

साझा पोष्ट
आइतबार, असार १७ २०८१
  • images
    विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्यासको घोषणा
    images

    काठमाडौं । भारतीय क्रिकेट टोलीका अलराउण्डर रविन्द्र जडेजाले पनि आईसीसी टी–२० विश्वकप जितेसँगै सन्यासको घोषणा गरेका छन् ।

    'म टी–२० क्रिकेटलाई बिदाई गर्दछु । मैले मेरो देशलाई सधैं आफ्नो उत्कृष्ट योगदान दिएको छु । अन्य ढाँचा (टेष्ट र ओडीआई) को क्रिकेटलाई निरन्तरता दिनेछु, जडेजाले सामाजिक सञ्जालमा लेखेका छन् ।

    images
    images

    ३५ वर्षीय जडेजाले ७४ टी–२० आई खेलमा ५४ विकेट लिनुको साथै ५१५ रन बनाएका छन् । उनले सन् २००९ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा टी–२० आईमा डेब्यू गरेका थिए ।

    भारतले शनिबार राति आईसीसी टी–२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो ।

    उक्त विश्वकप जितेलगत्तै कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले टी–२० आईबाट सन्न्यासको घोषणा गरेका थिए । रवीन्द्र जडेजाले पनि टी–२० आईबाट सन्न्यासको घोषणा गरेका हुन् ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार