मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

रोहित शर्माले लिए टी-२० बाट सन्यास

रोहित शर्माले लिए टी-२० बाट सन्यास

साझा पोष्ट
आइतबार, असार १७ २०८१
  • images
    रोहित शर्माले लिए टी-२० बाट सन्यास
    images

    काठमाडौं ।भारतलाई विश्वकप उपाधि जिताएपछि  कप्तान रोहित शर्माले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी-२० विश्वकपको फाइनल नै उनको टवान्टी-२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताएका हुन् । शर्माले पत्रकार सम्मेलनमा भने, 'यो मेरो अन्तिम प्रतिस्पर्धा थियो। मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।' रोहित शर्माले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहनेछन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको छ ।  प्रतियोगितामा अपराजित रहेको भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार