मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिरलाई, २४० को आवेदन

रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिरलाई, २४० को आवेदन

साझा पोष्ट
आइतबार, असार १७ २०८१
  • images
    रास्वपामा राजदूत छान्ने जिम्मा  स्वर्णिम र शिशिरलाई, २४० को  आवेदन
    images

    काठमाडौं । राजदूत बन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा २४० जनाका आवेदन परेका छन्।

    रास्वपाले बनाएको सिफारिस समितिसमक्ष अनलाइन र इमेलमार्फत २४० भन्दा बढी नाम प्राप्त भएको हो ।  तीमध्येबाट ७ जनाको नाम सभापति रवि लामिछानेलाई आइतबार बुझाइएको छ । 

    images
    images

    सभापति लामिछानेले ती ७ जनामध्येबाट पनि २ जना छनोट गर्न उपाध्यक्ष स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिखिर खनाललाई नै जिम्मा दिएका छन्।  रास्वपाले विभिन्न ७ मापदण्ड तय गरी राजदूत बन्न इच्छुकलाई आवेदन दिन भनेको थियो।

    सरकारले गत असार ७ गते ८ वटा देशका लागि राजदूत सिफारिस गरिसकेको छ। गत जेठ २४ गते विभिन्न ११ वटा मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसयता रिक्तमध्ये अब ४ वटा देशका राजदूत सिफारिस हुन बाँकी छ।

    राजनीतिक भागबन्डा अनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ। खाली भएकामध्ये अब दक्षिण कोरिया, कतार, इजरायल र पोर्चुगलमा राजदूत सिफरिस हुन बाँकी छ। रास्वपाले यिनै चारमध्ये दुई देशमा राजदूतको नाम प्रस्ताव गर्नुपर्नेछ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार