मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

महेन्द्रले ‘राजा त्रिभुवनलाई मार्छु’ भन्ने चिठी माओलाई पठाएको खगराजको दाबी

महेन्द्रले ‘राजा त्रिभुवनलाई मार्छु’ भन्ने चिठी माओलाई पठाएको खगराजको दाबी

साझा पोष्ट
आइतबार, असार १७ २०८१
  • images
    महेन्द्रले ‘राजा त्रिभुवनलाई मार्छु’ भन्ने चिठी माओलाई पठाएको खगराजको दाबी
    images

    काठमाडौं । गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारीले तत्कालीन राजा महेन्द्रले आफू युवराज हुँदा राजा त्रिभुवनलाई मार्छु भनेर चिनीयाँ नेता माओत्से तुङलाई चिठी पठाएको दाबी गरेका छन्।

    ‘मैले आज भन्नैपर्छ, म सँग त्यो तथ्य र प्रमाण छ।, संसद दिवसको अवसरमा आइतबार संसदमा बोल्दै उनले त्यो चिठी आफूसँग रहेको दाबी  गर्दै भने, मेरै प्रदेशका एकजना दूतलाई राजा महेन्द्रले भूमिगत बाटो (तिब्बतको बाटो) हुँदै माओत्सेतुङसम्म पठाएर म त्रिभुवनको हत्या गर्छु, मलाई सपोर्ट गर्नुपर्यो भनेको चिठी मसँग छ ।’ 

    images
    images


    राजा महेन्द्रको दूत भएर लमजुङका खगेन्द्रजंग गुरुङ चीन गएका थिए। राजसभाको सदस्य तथा दुईपटक मन्त्री भएका खगेन्द्रजंगले चीन लगेको र आफ्नै पिताको हत्याको आग्रह गरेको चिठी भएको उनको दाबी छ।

     ‘राजाहरू इमानदार हुन्छन् भन्ने भ्रम कहीँ कतै छ भने धेरै सोचेर भन्न म निवेदन गर्न चाहन्छु। कसैको आस्था उहाँहरूको निजी कुरा हो। सबै राजा इमान्दार छन् भन्ने हुँदैन।' अधिकारीले अगाडि भने, गणतन्त्र संविधानसभाबाटै गराउँछु भन्ने राजा त्रिभुवन पनि इमानदार हुन सकेनन्।’

    राजतन्त्र निर्मम भएकै कारण अहिले गणतन्त्रात्मक शासन व्यवस्था आएको पनि उनले जिकिर गरे। ‘राजतन्त्र यतिसम्म पनि निर्मम हुन्छ। कहिलेकाहीँ भन्ने गर्छौं, म राजतन्त्रको पक्ष–विपक्षमा उभिएको होइन। तर, निरंकुश राजतन्त्रको तुलनामा संवैधानिक राजतन्त्र अलि सापेक्षतामा ठीक हुन्छ भनेका हौँ, हामीले। त्यसले पनि नसकेपछि गणतन्त्रको व्यवस्था हामीले मिलेर गरेका हौँ,’ उनले भने।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार