सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धराैटीमा छाड्न आदेश

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धराैटीमा छाड्न आदेश

बिहीबार , असार ७ २०८१
  • images
    दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धराैटीमा छाड्न आदेश
    images

    काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले धराैटीमा छाड्न आदेश दिएको छ ।

    बिहीबार पनि इडीका वकिलहरूले थप अनुसन्धानका लागि अझै हिरासतमा राख्न अनुमति मागेका थिए । तर न्यायाधीश न्याय बिन्दुको इजलासले उनलाई बिहीबार जमानतमा छाड्न आदेश दिएको ‘लाइभ ल डटइन’ले लेखेको छ ।

    images
    images

    मदिरा नीतिमा अनियमितता गरेको अभियोगमा भारतको प्रवर्तन निर्देशनालय (इडी) ले केजरिवाललाई १२ मार्चमा पक्राउ गरेको थियो ।

    भारतको लोक सभा चुनावलाई लक्षित गरेर अदालतले यसअघि १० मेमा उनलाई अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो । त्यसअनुसार २१ दिन जेलबाहिर रहेर उनी चुनावपछि फेरि तिहाड जेल फर्किएका थिए ।

    चुनावअघि भएको गिरफ्तारीलाई लिएर नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि प्रश्नसमेत उठेको थियो । विपक्षी दलहरूले उनलाई नियतवश थुनिएको आरोप लगाएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार