सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

रुस-युक्रेन युद्ध : भियतनामको साथ खोज्दै पुटिन, सम्बन्धलाई थप प्रगाढ बनाउने आश्वासन

रुस-युक्रेन युद्ध : भियतनामको साथ खोज्दै पुटिन, सम्बन्धलाई थप प्रगाढ बनाउने आश्वासन

बिहीबार , असार ७ २०८१
  • images
    रुस-युक्रेन युद्ध : भियतनामको साथ खोज्दै पुटिन, सम्बन्धलाई थप प्रगाढ बनाउने आश्वासन
    images

     एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामबीचको सम्बन्धलाई प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
     
    युक्रेनमा जारी युद्धलाई लिएर मस्कोको बढ्दो एक्लोपनको सामना गर्न सम्बन्धलाई बलियो बनाउने उद्देश्यले पुटिनले भियतनामबीचको सम्बन्धलाई प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्तापछि पुटिनले शीतयुद्धका दिनदेखि मस्कोको नजिकको सहयोगी रहेको अर्को एशियाली मुलुक भियतनामको भ्रमण गरेको हो । 

    images
    images

    रूसी नेताले हनोईमा समर्थनको स्पष्ट सार्वजनिक घोषणा नगरेपनि भियतनामी राष्ट्रपति तो लामले रक्षा सहयोग बढाउने इच्छा व्यक्त गरेको भियतनामी सञ्चारमाध्यमले जनाएका छन् । 

    “अन्तर्राष्ट्रिय कानुनका आधारमा गैरपरम्परागत सुरक्षा चुनौतीको सामना कसरी गर्ने, यस क्षेत्र र विश्वमा शान्ति र सुरक्षाका लागि कसरी सामना गर्न सकिन्छ भनी दुवै पक्ष रक्षा र सुरक्षामा सहयोग बढाउन चाहन्छन्,” लामले पुटिनसँगको वार्तापछि सञ्चारकर्मीसँग भने ।

    सन् १९९५ देखि २०२३ को बीचमा भियतनामको मुख्य हतियार आपूर्तिकर्ता मस्कोले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ, तर युक्रेन द्वन्द्वसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबन्धहरू तीव्र भएपछि हालैका वर्षहरूमा माग सङ्ख्या घटेको छ ।

    लाम र पुटिनले शिक्षादेखि न्याय र असैनिक आणविक परियोजनासम्मका करिब एक दर्जन सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    पुटिनले पत्रकारहरूसँग कुरा गर्दै वार्ता रचनात्मक रहेको र महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरूमा दुवै पक्षको ‘समान वा धेरै नजिकको’ अडान रहेको बताए । 

    उनले भने, “उनीहरूले एशिया–प्रशान्त क्षेत्रमा पर्याप्त र भरपर्दो सुरक्षा संरचना निर्माण गर्ने विषयमा छलफल गरेका छन् । यो बल प्रयोग नगर्ने र मतभेदलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने सिद्धान्तमा आधारित छ ।

    पुटिनको एसिया भ्रमण पश्चिमा शक्तिहरूले युक्रेनमा रुसको युद्धलाई रोक्ने उद्देश्यले प्रतिबन्धहरू बढाएका बेला भएको हो ।

    संयुक्त राज्य अमेरिका, बेलायत र युरोपियन युनियनले गत हप्ता नयाँ प्रतिबन्धहरूको घोषणा गरेका थिए भने जी–७ ले रोक्का गरिएको रूसी सम्पत्तिबाट प्राप्त मुनाफाबाट किएभलाई ५० अर्ब डलरको नयाँ ऋण प्रदान गर्न प्रयोग गर्न सहमत भएका थिए ।   रासस/एएफपी 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार