शुक्रबार, असार १५ गते २०८१
Logo
शुक्रबार, असार १५ गते २०८१
images

५ वर्षपछि बेलायती जेलबाट छुटे जुलिअन असान्ज

५ वर्षपछि बेलायती जेलबाट छुटे जुलिअन असान्ज

साझा पोष्ट
मंगलबार, असार १२ २०८१
  • images
    ५ वर्षपछि बेलायती जेलबाट छुटे जुलिअन असान्ज
    images

     काठमाडौं । पाँच वर्षदेखि बेलायती जेलमा रहेका विकिलिक्सका संस्थापक जुलिअन असान्ज रिहा भएका छन्। 

    बीबीसीका अनुसार एक वर्ष लामो कानुनी लडाइँपछि असान्ज सोमबार बेलायती जेलबाट छुटेका हुन्। 
     असान्ज बेलायतको जेलमा १९०१ दिनसम्म बसे । अमेरिकी सेनाका गोप्य दस्ताबेज सार्वजनिक गरेपछि पक्राउ परेका उनी पछिल्लो समय बेलायतको जेलमा थिए ।

    images
    images

    विकिलिक्सले मंगलबार बिहान जुलियन असान्ज जेलमुक्त भएको र आफ्नो देश गएको जनाएको छ । विकिलिक्सका अनुसार बेलायतको लण्डनस्थित अदालतबाट उनी जमानतमा रिहा भएका हुन् ।
    समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाका गोप्य दस्तावेज लिक गरेको आरोपमा आफू दोषी भएको स्वीकार गरेपछि असान्ज सोमबार राति रिहा भएका हुन् । गल्ती स्वीकार्ने र अमेरिकाको जेलमा बस्न नपर्ने सहमति अमेरिकी न्याय विभागसँग उनले गरेको समाचारमा उल्लेख छ ।

    अष्ट्रेलियाई मूलका असान्जले सन् २०१० मा विकिलिक्स अनलाइनमा अमेरिकी सेनाका गोप्य दस्ताबेजहरु सार्वजनिक गरेर विश्वभर सनसनी मचाएका थिए ।

    खासगरी इराक र अफगानिस्तान युद्धको बारेमा अमेरिकी सैन्य रहस्य उनले उजागर गरेका थिए । यसलाई अमेरिकी सेनाको इतिहासमै सबैभन्दा ठूलो सुरक्षा चुक भनिएको थियो ।

    राष्ट्रिय सुरक्षा दस्ताबेज प्रकाशित गरेपछि जासुसी गरेको लगायतका १८ मामिलामा उनलाई अमेरिकी संघीय ग्राण्ड जुरीले दोषी ठहर गरेको गरेको थियो ।
    असुरक्षा महसुस भएपछि उनी सात वर्षसम्म लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएर बसेका थिए । त्यसपछि उनी पक्राउ परेका थिए । उनलाई सन् २०१९ मा लण्डनको उच्च सुरक्षायुक्त बेलमार्शको हिरासतमा राखिएको थियो ।

    त्यहाँ उनले यौन उत्पीडनको आरोपसमेत खेप्नु परेको थियो । यद्यपि आरोप पुष्टि नभएपछि  खारेज गरिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार