सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

शुक्रबार, असार १५ २०८१
  • images
    चट्याङ लागेर सर्लाहीमा  एक महिलाको मृत्यु
    images

    सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

    आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पर्साको वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।  

    images
    images

    यसैबिच, चट्याङबाट लालबन्दी नगरपालिका–१७  गैरी टोलका मङ्गल कामीको घरमा क्षति पुगेको छ । यस्तै बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका–१३ र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । रासस

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार