सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

एमालेबाट विद्रोह बाहेक अर्को कुनै विकल्प थिएन: माधव नेपाल

एमालेबाट विद्रोह बाहेक अर्को कुनै विकल्प थिएन: माधव नेपाल

शुक्रबार, असार १५ २०८१
  • images
    एमालेबाट विद्रोह बाहेक अर्को कुनै विकल्प थिएन: माधव नेपाल
    images

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायोचित काम गरेको बताएका छन् ।

    शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एमाले)बाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताएका हुन् । उनले भने, ‘एमालेबाट विद्रोह बाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर विद्रोह गरेर अत्यन्तै सही र न्यायोचित काम गर्‍यौँ ।’

    images
    images

    उनले एमालेबाट विद्रोह गरेर आफूहरुले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताए । उनले आफूहरुले मुलुकलाई सही दिशामा अगाडी बढाउन भूमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए । ”हामीले विद्रोह गरेर  संविधान बचायौं। कम्युनिस्ट आन्दोलनलाई जोगायौँ । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ।’ उनले भने ।

    उनले एमालेबाट विद्रोह नगरेको भए आफुहरु गल्लीमा भड्किइरहेको अवस्थामा हुने बताए । उनले आफूहरुले आत्मसर्मपण नगरेको बताए । अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भुमिकालाई स्थापित गरेको बताए । उनले संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार