मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

एकीकृत समाजवादीले 'अस्थिर' भनेपछि प्रचण्डको चित्त दुःखाई

एकीकृत समाजवादीले 'अस्थिर' भनेपछि प्रचण्डको चित्त दुःखाई

साझा पोष्ट
आइतबार, असार १७ २०८१
  • images
    एकीकृत समाजवादीले 'अस्थिर' भनेपछि प्रचण्डको चित्त दुःखाई
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर हुन कि गतिशील ? वर्षाैदेखि यो बहस चलिनै रहेको छ ।

    प्रचण्डले आफूलाई गतिशील भन्छन् भने अरुले उनलाई अस्थिर। प्रचण्डले माधवकुमार नेपाललाई आफू नजिकको नेता ठान्छन र वर्षाैदेखि सहकार्य पनि गर्दै आएका छन् । तर माधव नेपालको पार्टीले उनलाई पछिल्लो पटक प्रचण्डलाई अस्थिर भनेको छ, त्यो पनि राजनीतिक प्रतिवेदनमा । यसमा प्रचण्डले चित्त दुखाएका छन् । आइतबारदेखि सुरु भएको एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्रीले आपूmप्रतिको विश्लेषण पुनर्विचार गर्न समेत आग्रह गरे । आफ्नाबारे पूनर्मूल्यांकनको आग्रह गरिरहँदा प्रचण्डले माधवकुमार नेपालको खुलेर प्रशंसा गरे ।

    images
    images


     अरुले अस्थिर भने पनि आफू गतिशील रहेको र त्यो नै सही भएको दाबी गर्दै उनले भने, ‘मार्क्सवाद जमेको पोखरीजस्तो होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद हो ।’प्रचण्डले आप्नोबारे पूनर्विचार गर्न आग्रह गर्दै आफ्ना कारणले के के भयो भनेर समेत भन्न भ्याए । 

     ‘त्यो भन्ने अधिकारमा म प्रश्न उठाउन चाहन्न’ हरेक पार्टीले अर्को पार्टीलाई हेर्ने दृष्टिकोण आफ्नो बनाउन जरुरी रहेको भन्दै उनले भने, तपाईंहरुलाई जे बनाउन उचित लाग्छ, बनाउनुस् ।’ तर म यति भन्छु भन्दै प्रचण्डले अगाडि भने, ‘आज नेपाल संविधान सभामा गयो । संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो । शान्ति प्रक्रिया भयो । समृद्धिको अलि नयाँ अभियान चलेको छ । प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो ।’

    प्रचण्ड ‘अस्थिर’ नभएको भए जनयुद्ध, शान्ति प्रक्रिया केही नहुने भन्दै उनले प्रश्न गरे, भने, गतिशीलता भनेको के हो ? द्वन्द्वात्मक भौतिकवाद, हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो ? जमेको पानीको पोखरी जस्तो हो कि गड्गडाउँदो नदी जस्तो भएर हुर्रिने मार्क्सवाद हो ?’


    माओवादी आन्दोलनमा एक ठाउँमा बस्ने भन्ने नहुने भन्दै उनले आफूहरु दौडिरहने बताए । त्यसरी दौडिदा आफूलाई अस्थिर भनेकामा प्रचण्डले प्रतिवाद गरे, ‘यो दौडाइबाट नेपाली समाज अगाडि बढ्यो, सामन्ती निरंकुशतन्त्रबाट देश गणतन्त्रमा गयो भने त्यो गतिशीलता हो, अस्थिरता होइन । युद्धबाट देश शान्तिमा आयो भने त्यो गतिशीलता हो, अस्थिरता र अराजकता होइन ।’

    परिर्वतनलाई आत्मसाथ गर्ने आफूलाई अस्थिर भन्दा एकीकृत समाजवादी जडतामा बस्ने खतरा रहेको उनले बताए । ‘जसलाई सम्मान गर्नुपर्ने हो, त्यसलाई अपमानित गरियो भने राम्रो हुँदैन नि !’ माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘छलफल गर्नुहोला, महाधिवेशन तपाईंहरुकै हो ।’

    प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकता चाहेको समेत प्रष्ट पारे । पञ्चायतविरोधी आन्दोलन भइरहेका बेला एमालेका जल्दोबल्दो नेता रहेका नेता नेपालसँग आफ्नो असाध्यै धेरै अन्तर्क्रिया भएको स्मरण गरेका उनले भने, ‘जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्नका निम्ति एमालेका नेताका रुपमा कमरेड माधव नेपाल र अन्यसँग मेरो लगातार छलफल भइराख्यो ।’

    पछिल्लो चरण संविधानको रक्षाका लागि नेता नेपाल र आफूले सामूहिक भूमिका खेलेको उनले बताए । अहिले पनि समाजवादी मोर्चा सँगै रहेको र कम्युनिस्ट आन्दोलनको एकताको उद्देश्यमा पनि समान धारणा रहेको भन्दै प्रचण्डले एउटै पार्टी बनाउने दिशामा महाधिवेशनले ठोस निर्णय गरोस् भनेर आग्रह गरे ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार