सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

दैलेखमा जिप दुर्घटना, ९ जना घाइते

दैलेखमा जिप दुर्घटना, ९ जना घाइते

शुक्रबार, असार १५ २०८१
  • images
    दैलेखमा जिप दुर्घटना, ९ जना घाइते
    images

    काठमाडौं । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

    दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ७८७ नम्बरको जिप शुक्रबार दिउँसो साढे २ बजेतिर दुर्घटनामा परेको हो ।

    images
    images

    दुर्घटनामा परी नौमुले गाउँपालिका-३ का २१ वर्षीय खगीराम पुन मगर, नौमुले-५ का २८ वर्षीय भक्तबहादुर थापा, नौमुले-८ चौराठाका ७० वर्षीया सावित्रा केसी, नौमुले-६ का ४० वर्षीया देउकली मगर घाइते भएका छन् ।

    यस्तै, नारायण नगरपालिका-४ कि शान्ता खड्का, उनकी ७ वर्षीया छोरी रियासा खड्का, नारायण-४ कै ४१ वर्षीय बस्तीराम नेपाली, उनका ८ वर्षका छोरा पारस नेपाली र बर्दियाको बाँसगढी नगरपालिका-५ की १७ वर्षिया निसा जैसी घाइते भएका छन् ।

    दैलेखका प्रहरी प्रमुख सुनिल दाहालका अनुसार जिप एक्कासी अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि जिल्ला अस्पताल पठाएको डिएसपी दाहालले जानकारी दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार