सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

हामी तत्काल वाम एकता गर्नेतिर छैनौं : प्रचण्ड

हामी तत्काल वाम एकता गर्नेतिर छैनौं : प्रचण्ड

शुक्रबार, असार १५ २०८१
  • images
    हामी तत्काल वाम एकता गर्नेतिर छैनौं : प्रचण्ड
    File Photo
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' ले माओवादी केन्द्र पार्टी एकता तथा वाम एकतातिर नलागेको स्पष्ट पारेका छन्।

    शुक्रबार चितवनमा पत्रकारहरूसँग कुरकानी गर्दै चितवनका दुध किसानले भुक्तानी नपाएको र केराको बीमा पनि अघिल्लो वर्षदेखि नै बाँकी रहेको भन्ने प्रश्नमा जबाफ दिँदै उक्त कुरा बताएका हुन्। 

    images
    images

    'हामी तत्काल हतारमा पार्टी र वाम एकता गर्नेतिर छैनौं,' उनले भने, 'अहिले राजनीतिक स्थिरता, लोकतन्त्रो सुदृढीकरणको लागि सतर्कताको साथ अगाडि बढिरहेका छौं।'

    यस्तै, संसदमा प्रधानमन्त्रीले मन्त्रीहरूको कामप्रति असन्तुष्ट व्यक्त गरेको प्रसंगमा मन्त्रालयहरूका आआफ्ना जटिलता भएको उनको भनाइ छ। 'मन्त्रीहरूले प्रधानमन्त्रीको निर्देशन नमानेको भन्ने होइन तर जति गति दिनुपर्ने थियो त्यो दिइएको छैन,' उनले भने, 'जनताले अनुभूत गर्नुपर्ने गरी काम हुनुपर्यो।'

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार