सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

मनसुनसँगै भित्रियो विपद्: १७ दिनमा २८ को मृत्यु, ३६ जना घाइते

मनसुनसँगै भित्रियो विपद्: १७ दिनमा २८ को मृत्यु, ३६ जना घाइते

बुधबार, असार १३ २०८१
  • images
    मनसुनसँगै भित्रियो विपद्: १७ दिनमा २८ को मृत्यु, ३६ जना घाइते
    Image Source: National Disaster Risk Reduction and Management Authority (NDRRMA)
    images

     काठमाडौं । नेपालमा मनसुन भित्रिएसँगै विपद्को जोखिम बढ्दै गएको छ । मनसुन भित्रिएको दिनदेखि असार १२ सम्म २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार गत जेठ २८ देखि असार १२ गतेसम्म २८ जनाको मृत्यु भएको हो । 


    यसैबीचमा १४७ वटा मनसुनजन्य घटना भएको मन्त्रालयले जनाएको छ । पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । २५ घरमा पूर्ण क्षति भएको छ । १० घरमा पहिरोले आंशिक क्षति पुर्‍याएको छ ।

    images
    images

    त्यस्तै पहिरोले संखुवासभामा एक, ताप्लेजुङमा पाँच, ओखलढुङ्गामा एक, लमजुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ । पहिरोबाट ६९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी चट्याङ लागेर १३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । चट्याङले १७ लाख ७६ हजार रुपैयाँको क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण मोरङमा एक जनाको मृत्यु भएको छ भने सप्तरीमा दुई जना घाइते भएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार