शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

डा.गोविन्दद्वारा केसी काठमाडौं आउन अस्वीकार, सेनाको स्काई ट्रक फर्कियो

डा.गोविन्दद्वारा केसी काठमाडौं आउन अस्वीकार, सेनाको स्काई ट्रक फर्कियो

साझा पोष्ट
मंगलबार, असोज ४ २०७९
  • images
    डा.गोविन्दद्वारा केसी काठमाडौं आउन अस्वीकार, सेनाको स्काई ट्रक फर्कियो
    images
    धनगढी । धनगढीमा विगत ९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लैजान आएको नेपाली सेनाको स्काई ट्रक त्यत्तिकै फर्किएको छ । उनलाई लिन गएको नेपाली सेनाको स्काई ट्रक उनले काठमाडौं नजाने अडान लिएपछि धनगढीबाट फर्केको छ ।केसीले उपचारका लागि काठमाडौं जान अस्वीकार गरेपछि गृह मन्त्रालयले पठाएको स्काई ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले सोमबारदेखि नै विशेष सूचना जारी गर्दै थप उपचारको लागि उनलाई बहुसुविधायुक्त अस्पतालमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो । तर  माग सम्बोधन नभएसम्म आफू कतै नजाने उनको अडान छ । प्रजिअ थापाका अनुसार सरकारी वार्ता टोली र केसीकाे वार्ता टोलीबीच काठमाडौंमा वार्ता जारी छ । केसी स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनसनमा बसेका हुन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार