काठमाडौं । नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले छ । जेठ २२ अर्थात जुन ५ मा नेपालको पूर्वी भू–भागबाट मनसुन प्रवेश गरेको थियो ।
यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको हो ।
नेपालको बाँकी भूभागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने विभागले जनाएको छ । सरदरमा अक्टोबर २ देखि नेपालबाट मनसुन बाहिरिने हुन्छ । तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बाहिरिन सुरु भएको छ ।