सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

इलाममा कांग्रेस–एमालेबीच टक्कर, बझाङमा एमाले झण्डै दोब्बर मतले अगाडि

इलाममा कांग्रेस–एमालेबीच टक्कर, बझाङमा एमाले झण्डै दोब्बर मतले अगाडि

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    इलाममा कांग्रेस–एमालेबीच टक्कर, बझाङमा एमाले झण्डै दोब्बर मतले अगाडि
    images

    काठमाडौं । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच टक्कर भैरहेको छ । एमाले उम्‍मेदवार सुहाङ नेम्वाङले  नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको मतान्तर घटाएका छन् ।


    images
    images

    फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्‍मेदवार खड्कासँगको मतान्तर २८ मा झारेका छन् ।४ हजार १ सय ५० मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६५८  र एमालेका नेम्वाङले १ हजार ६३० मत पाएका छन् ।त्यस्तै स्वतन्त्र उम्मेदवार मुढा चिन्हका डकेन्द्रसिंह थेगिमको ३७० र रास्वपाका मिलन लिम्बूको ३०८ मत छ ।

    बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन् ।४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत पाएका छन् ।

    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।

     

    प्रतिक्रिया हरु
    थप समाचार