आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

म जसपाको संस्थापन पक्षमै छु : वन राज्यमन्त्री कार्की

म जसपाको संस्थापन पक्षमै छु : वन राज्यमन्त्री कार्की

साझा पोष्ट
सोमबार, वैशाख २४ २०८१
  • images
    म जसपाको संस्थापन पक्षमै छु : वन राज्यमन्त्री कार्की
    images

    काठमाडौं । वन तथा वातावरण राज्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका सांसद दीपक कार्की आफू उपेन्द्र यादव पक्षतिरै रहेको बताएका छन् । कार्कीको सचिवालयले प्रेस विज्ञप्ति निकालेर कार्की संस्थापन पक्षमै रहेक र अन्य कुनै दल वा गुटमा नलागेको बताएको हो । ‘सञ्चार माध्यममा आइरहेका समाचारहरुबाट अत्यन्त भ्रामक जानकारी सम्प्रेशन भइरहेकोप्रति यस सचिवालयको ध्यानाकर्षण भएको छ’, प्रमुख स्वकीय सचिव रामनारायण कापडीले विज्ञप्तिमा भनेका छन्, ‘उहाँ जनता समाजवादी पार्टी नेपाल संस्थापन पक्षमा यथावत रहिरनुभएको र अन्यत्र कुनै गुट वा दलसँग आबद्ध नरहेको जानकारीका लागि अनुरोध छ ।’ जनता समाजवादी (जसपा)मा अध्यक्ष उपेन्द्र यादवले मनोमानी गरेको आरोप लगाउँदै अशोक राईसहित ७ प्रतिनिधि सभा सदस्यले पार्टी विभाजन गरेका छन् ।

    images
    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार