सोमबार, जेठ १४ गते २०८१
Logo
सोमबार, जेठ १४ गते २०८१
images

अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश

अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर भनेको जनता समाजवादी पार्टीसँग सम्बन्धित  निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    images

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायााधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्तालगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिँदै ८ जेठमा दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

    images
    images

    ‘निर्वाचन आयोगको बैठक संख्या १२/२०८१ मिति २०८१/०१/२४ को बैठकको प्रस्ताव नं ३० मा भएका विभिन्न निर्णयहरुमध्ये कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियामा रहेका भन्ने देखिन आई उक्त विषयमा प्रत्यर्थी निर्वाचन आयोगसमेतसँग छलफल गरी निष्कर्षमा पुग्न मनासिव देखिएकाले उल्लिखित मिति २०८१/०१/२४ को बैठकबाट भएका निर्णयहरु र सोका आधारमा भएका कामकारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् त्सोही अवस्थामा यथास्थितिमा राखी मिति २०८१/०२/०८ मा छलफलका लागि उपस्थिति हुनु भनी … अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ’, सर्वोच्चको आदेशमा भनिएको छ ।

     

     

    प्रतिक्रिया हरु
    थप समाचार