सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

नेपाल दोस्रो अभ्यास खेलमा ४९ रनले विजयी

नेपाल दोस्रो अभ्यास खेलमा ४९ रनले विजयी

साझा पोष्ट
शुक्रबार, जेठ ४ २०८१
  • images
    नेपाल दोस्रो अभ्यास खेलमा ४९ रनले विजयी
    तस्बिर : क्यान
    images

    काठमाडौं  । विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोली दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । नेपालले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित निकालेको हो । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भयो । 

    नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा अलआउट भयो । 

    images
    images

    नेपालको जितमा कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चिदै ३ विकेट लिए भने गुलशन झाले पनि ३ ओभरमा १८ रन दिँदै ३ विकेट नै लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १–१ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

    नेपालका लागि अनिल साहले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ४ छक्का सहित ५० रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३३ बलमा ४१ रन जोडे । यस्तै कुशल भूर्तेलले ३८,  दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । प्रतिश जिसीले ६ रन बनाउँदा सन्दिप जोराले २ र गुलशन झा १ रन जोडे । 

    सोमपाल कामी ३ रनमा र अविनाश बोहोरा शून्यमा नटआउट रहे ।पहिलो ओभरमा नै ओपनर आशिफ शेखलाई शून्यमा गुमाएको नेपालका लागि कुशल भुर्तेल र अनिल साहले राम्रो साझेदारी गरे ।

    नेपाल  पहिलो खेल ४ विकेटले  जितेको थियो, जसमा दीपेन्द्र सिंह ऐरीले विष्फोटक फिनिश गरेका थिए । यस्तै कुशल भुर्तेल र सोमपाल कामीले पनि उत्कृष्ट इनिङ खेलेपछि नेपालले १९७ रनको लक्ष्य पछ्याएको थियो ।  सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार