सोमबार, जेठ १४ गते २०८१
Logo
सोमबार, जेठ १४ गते २०८१
images

अभ्यास खेलमा नेपाली क्रिकेट टोली ४ विकेटले विजयी

अभ्यास खेलमा नेपाली क्रिकेट टोली ४ विकेटले विजयी

दीपेन्द्र र सोमपालको उत्कृष्ट फिनिसिङ, दीपेन्द्रको विष्फोटक ब्याटिङ

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    अभ्यास खेलमा नेपाली क्रिकेट टोली ४ विकेटले विजयी
    images

    काठमाडौं ।  विश्वकप तयारीका लागि वेस्टइण्डिजको सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले अभ्यास खेलमा जित हासिल गरेको छ ।

    images

    विनवार्ड्स आइसल्याण्डलाई नेपालले ४ विकेटले पराजित गरेको हो । १ सय ९७ रनको विशाल लक्ष्य नेपालले १९ ओभर ३ बलमा पुरा गर्यो । नेपालका जितमा कुशल भूर्तेल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे ।

    images
    images

    एक समय खेल गुम्ने अवस्थामा देखिएको दीपेन्द्र र सोमपाल कामी मिलेर सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिताए । अन्तिम दुई ओभरमा नेपाललाई ३८ रन चाहिएकोमा दीपेन्द्रले १९औं ओभरमा चार छक्का प्रहार गर्दै  २६ रन जोडे अन्तिम ओभरको पहिलो तीन बलमा सोमपालले छक्का, दुई रन र चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।

    ओपनर कुशल भुर्तेलले सर्वाधिक ७० रन जोडे । दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन जोडे ।टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएको थियो । 

    यो खेलमा  कमल सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र अविनाश बोहोराले खेलेनन् ।  नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध ३ खेल खेल्नेछ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ । आज, १६ र १८ मेमा अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्नेछ ।

    २२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।

    प्रतिक्रिया हरु
    थप समाचार