काठमाडौं । सत्ता गठबन्धनले सातै प्रदेशमा निर्वाचन केन्द्रित संयुक्त भेला गर्ने भएको छ। सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो।
सो निर्णयअनुसार कात्तिक ४ देखि ७ गतेसम्म विभिन्न सहरमा भेलाहरू हुने भएका छन्। कात्तिक ४ गते पोखरा र बुटवलमा गण्डकी र लुम्बिनी प्रदेशमा, ५ गते विराटनगर र जनकपुरमा प्रदेश १ र मधेस प्रदेशका भेला गर्ने गठबन्धनले निर्णय गरेको छ ।
६ गते सुर्खेतमा कर्णाली प्रदेश र धनगढीमा सुदूरपश्चिम प्रदेशका भेला हुनेछन् भने ७ गते काठमाडौंमा बागमती प्रदेशको भेला गर्ने तय भएको छ । ती भेलाको समन्वय गर्ने जिम्मा पनि सत्ता गठबन्धन दलले बाँडफाँट गरेका छन्।
गण्डकी भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्नेछ भने लुम्बिनी, प्रदेश१, मधेस र कर्णालीको समन्वय कांग्रेस र सुदूरपश्चिम र बागमतीको समन्वय माओवादी केन्द्रले गर्नेछन्। यी भेलाहरूमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।