शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

मुम्बईमाथि दिल्लीको रोमाञ्चक जित

मुम्बईमाथि दिल्लीको रोमाञ्चक जित

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    मुम्बईमाथि दिल्लीको रोमाञ्चक जित
    images

    काठमाडौं ।  इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिवार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्समाथि १० रनको रोमाञ्चक जित निकालेको छ । रनको वर्षा भएको खेमा मुम्बई जित नजिक पुगेर पनि पराजित भयो ।  


    images
    images

    दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक वर्माले ३२ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ६३ रन बनाए ।

    यस्तै कप्तान हार्दिक पन्ड्याले २४ बलमा ४६ रन जोडे । टिम डेभिडले ३७ रन बनाए भने सूर्यकुमार यादवले २६ रन जोडे । ईशान किशनले २० रन बनाए ।

    दिल्लीका लागि मुकेश कुमार र राशिख सलामले समान ३-३ विकेट लिए भने खलिल अहमदले २ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले अष्ट्रेलियन खेलाडी जेक फ्रेज–मक्गर्कको विष्फोटक इनिङको मद्दतमा ४ विकेटको क्षतिमा २५७ रन जोड्यो । प्लेयर अफ द म्याच फ्रेजर–मक्गर्कले २७ बलमा ११ चौका र ७ छक्का सहित ८४ रन बनाए ।

    यस्तै ट्रिस्टन स्टब्सले २५ बलमा ४८ रन जोडे भने साई होपले १७ बलमा ४१ रन बनाए । अभिषेक पोरेलले ३६ तथा ऋषभ पन्तले २९ रन जोडे ।

    मुम्बईका लागि लुक वुड, जस्पृत बुम्राह, पियुस चावला र मोहम्मद नवीले समान १–१ विकेट लिए ।

    जितपछि दिल्ली १० खेलमा १० अंक सहित पाँचौं स्थानमा उक्लेको छ भने मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार