सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्रीद्वारा सर्वोच्चमा रिट दायर

मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्रीद्वारा सर्वोच्चमा रिट दायर

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्रीद्वारा सर्वोच्चमा रिट दायर
    images

    काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

    images
    images

    निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग  गर्दै रिट दायर गरेका हुन् । रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।

    images
    images


    निवर्तमान मुख्यमन्त्री कार्कीले नयाँ मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् । 
    प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधबार मध्यरातमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

    बिहीबार बिहान एमाले संसदीय दलका नेता कार्कीले ५२ सांसदको समर्थसहित दाबी पेस गरे । लगतै समर्थनकर्ता सांसदहरूको सनाखत गरेपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार