सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

सदस्यता नदिएको भन्दै पत्रकार महासंघको अधिवेशनमा प्रदर्शन

सदस्यता नदिएको भन्दै पत्रकार महासंघको अधिवेशनमा प्रदर्शन

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    सदस्यता नदिएको भन्दै पत्रकार महासंघको अधिवेशनमा प्रदर्शन
    images

    काठमाडौं । नेपाल पत्रकार महासंघको सप्तरी शाखा ११ औं अधिवेशन तथा साधारणसभा चलिरहँदा सदस्यता नदिएको भन्दै केही पत्रकारले प्रदर्शन गरेका हुन् । 


    images
    images


    अधिवेशनको उद्घाटन सत्र सुरु भएसँगै महासंघको नयाँ सदस्यताका इच्छुक आवेदक पत्रकारहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले हामीलाई सदस्यता किन दिइएनरु सदस्यताको अधिकार किन खोसियोरु अपराध के हो ? भन्ने नारा लेखिएको ब्यानर प्रदर्शन गरेका छन्।

    आगामी निर्वाचनमा मतदान गर्न सक्ने अधिकारसहित सदस्यताको लागि बन्द सत्रमा पहल गरिदिन भन्दै उनीहरूले कार्यक्रममा रहेका महासंघका केन्द्रीय प्रतिनिधिलाई ज्ञापनपत्र समेत बुझाएका छन्।

    महासंघको सप्तरी शाखाले नयाँ सदस्यताको सम्बन्धमा कुनै निर्णय नै नगरेर पत्रकारको अधिकारको हनन तथा कुण्ठित मानसिकताको प्रदर्शन गरेको उनीहरुको आरोप छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार