बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

उपचुनाव: इलाम र बझाङमा आज मतदान

उपचुनाव: इलाम र बझाङमा आज मतदान

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    उपचुनाव: इलाम र बझाङमा आज मतदान
    images

    काठमाडौं । इलाम–२  र बझाङ-१ (क) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।


    images
    images

    आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

    आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

    इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।  त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।

    बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।इलाम-२ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङ र  र बझाङ १९१०मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार