सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्या योजना 'विफल', २ कर्णेलमाथि जासुसीको आरोप

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्या योजना 'विफल', २ कर्णेलमाथि जासुसीको आरोप

साझा पोष्ट
बुधबार, वैशाख २६ २०८१
  • images
    युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्या योजना 'विफल', २ कर्णेलमाथि जासुसीको आरोप
    images

    काठमाडौं । युक्रेनी अधिकारीहरुले राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको हत्या गर्ने षडयन्त्र विफल पारेको बताएका छन् । 

    images
    images

    जेलेन्सीको हत्या षडयन्त्रमा संलग्न भएको आरोपमा सेनाका दुई जना कर्णेललाई पक्राउ गरी राज्यद्रोह आतंकवादसम्बन्धी अभियोग लगाइएको छ ।

    images
    images

    रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै जेलेन्स्कीको हत्याको षडयन्त्र भइरहेको समाचार सार्वजनिक हुने गरेका थिए । तर बहालवाला कर्णेल नै जेलेन्स्कीको हत्याको षडयन्त्रमा संलग्न भएको भन्ने आरोपसहितको समाचार बीबीसीले लेखेको छ ।


    युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयु) का अनुसार जेलेन्स्कीको हत्या गर्ने उद्देश्यले उनका अङ्गरक्षकहरुसम्म पुग्ने र प्रभावमा पार्ने कोसिसमा रुसको गुप्तचर निकाय ९एफएसबी०को सन्जाल सक्रिय थियो । उक्त सन्जालको लागि जासुसी गरेको आरोप ती कर्णेलहरुलाई लगाइएको छ ।

    रुसले युक्रेनका सैनिक जासुसी निकाय प्रमुख किरिलो बुदानोभ र सेक्युरिटी सर्भिसका प्रमुख भासु म्यालुयकको पनि हत्या योजना बनाएको एसबीयुले जनाएको छ । बुदानोभको हत्या योजना इशाई धर्मावलम्बीहरुको पर्व ईस्टरको अघिल्लो दिन बनाइएको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार