आइतबार, जेठ १३ गते २०८१
Logo
आइतबार, जेठ १३ गते २०८१
images

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

साझा पोष्ट
मंगलबार, जेठ १ २०८१
  • images
    मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु
    images

    काठमाडौं । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ ।

    images

    मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न वर्षा र तुफानसँगै खसेपछि मानवनीय क्षति भएको हो ।  ७४ जनालाई जीवितै उद्धार गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । 

    images
    images

     हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेका ७०x५० मिटर ठूलो यो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । घटनास्थलमा गएराति अबेरसम्म उद्धारकार्य जारी थियो ।

    सोमबार साँझ मुख्यमन्त्री एकनाथ सिन्देले घटनास्थलको निरीक्षण गरेका थिए । उनले मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार