आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

न्यायपालिका सुधारका लागि सबैले चासो दिनुपर्नेमा प्रधानन्यायाधीशको जोड

न्यायपालिका सुधारका लागि सबैले चासो दिनुपर्नेमा प्रधानन्यायाधीशको जोड

साझा पोष्ट
बुधबार, वैशाख २६ २०८१
  • images
    न्यायपालिका सुधारका लागि सबैले चासो दिनुपर्नेमा प्रधानन्यायाधीशको जोड
    images

    काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर सबै सरोकारवालाहरुको विषय भएको बताएका छन् । 

    images
    images

    कानुन दिवसको अवसरमा बुधबार शुभकामना दिँदै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाका सुधारका लागि सबैले काम गर्नुपर्नेमा जोड दिएका हुन् । 

    images
    images

    ’न्यायपालिकाको क्रमिक र समयसापेक्ष सुधारको विषय न्यायापालिका मात्रको विषय नभई यसका सबै सरोकारवालाहरूको साझा चासो र सरकारको विषय हो भन्ने कुरामा म विश्वस्त छु ।’ उनले भनेका छन् । 


    प्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय अदालतमा पुराना मुद्दाहरूको फर्छ्यौटको क्रम बढेको बताएका छन् । उनले स्वच्छ एवं स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।  

    विसं २००८ साल बैशाख २६ गते प्रधान न्यायालय ऐन बनेपछि स्वतन्त्र न्यायपालिका स्थापना भएको मानेर त्यसैको सम्झनामा हरेक दिन बैशाख २६ गते कानुन दिवस बनाइन्छ । 

    cj.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार