काठमाडौं । आगलागीमा परी बागलुङमा एकजानको मृत्यु भएको छ । दुईजना घाइते भएका छन्। जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगो लाग्दा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो । ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका छन् ।
शुक्रबार बिहानदेखि सिल्गुमस्थित रानीवन सामुदायिक वनमा लागेको आगो नियन्त्रणका वनमा पुगेका उनीहरु आगोको लप्कामा परेका हुन । विहान ११ बजेदेखि बेपत्ता भएका कामीको दिउँसो २ बजे मात्र शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए। घाइते बुढा मगर र घर्ती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।