आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

सभामुखले राखेको बैठक निष्कर्षहीन: संसदीय छानबिन समिति बनाउनेबारे जुटेन सहमति

सभामुखले राखेको बैठक निष्कर्षहीन: संसदीय छानबिन समिति बनाउनेबारे जुटेन सहमति

साझा पोष्ट
मंगलबार, वैशाख २५ २०८१
  • images
    सभामुखले राखेको बैठक निष्कर्षहीन: संसदीय छानबिन समिति बनाउनेबारे जुटेन सहमति
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगिएको छ।बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्‍याएको छ।

    images
    images

    बैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठनको माग नै दोहोर्‍याइएको बताए।उनले सहकारीमा लाखौँ बचतकर्ताले अर्बौं रुपैयाँ बचत गरेको र त्यसको हिनामिना भएको बताए। 

    images
    images

    ‘सहकारीमा लाखौं बचतकर्ताको रकम अपचलन भएको छ। यसमा गृहमन्त्रीको संलग्नता रहेको कुरा देखिएको छ,’ उनले भने, ‘हामीले गृहमन्त्रीको राजीनामा मागेको छैन। मुद्दा अहिले नै चलाउनुपर्छ भनेको छैन। तर उहाँबारे कुरा उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भनेका छौं।’


    उनले संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेलाई पनि राम्रो हुने बताए। ‘एकजना राम्रो नेतामाथि प्रश्न उठिरहनु राम्रो होइन। उहाँमाथि प्रश्न उठ्नु राम्रो होइन’, उनले भने।

     सत्ता पक्षले समग्रतामा सहकारी प्रकरणबारे अनुसन्धान गर्न तयार रहेको बतायो। बैठकमा सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्ने बताए।

    कांग्रेसले अघिल्लो अधिवेशनमा पनि सहकारी प्रकरणमा गृहमन्त्री जोडिएकोले संसदीय समिति गठनको माग गरेको थियो। मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेलगायत सहभागी थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार