आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

काठमाडौँसहित देशका विभिन्न स्थानमा हावाहुरी, २४ घण्टे चेतावनी जारी

काठमाडौँसहित देशका विभिन्न स्थानमा हावाहुरी, २४ घण्टे चेतावनी जारी

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    काठमाडौँसहित देशका विभिन्न स्थानमा हावाहुरी, २४ घण्टे चेतावनी जारी
    images

    काठमाडौं ।  काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी आइरहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ। 


    images
    images

    महाशाखाका अनुसार  कोसी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ। महाशाखाले भनेको छ, ‘गणितीय मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशका तराईका केही भूभागमा २४ मिटर प्रतिसेकेण्ड सम्मको हावाहुरी चल्ने सम्भावना छ।’

    महाशहाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

    जसमा भनिएको छ, ‘बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ। साथै कोसी, बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक\दुई स्थानमा वर्षा\हिमपातको सम्भावना समेत रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’ 

    प्रतिक्रिया हरु
    थप समाचार