शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

अर्थमन्त्रीलाई पुँजीबजारको स्वागत,कारोबारको अन्तिम समयमा ९.३३ अंकले वृद्धि

अर्थमन्त्रीलाई पुँजीबजारको स्वागत,कारोबारको अन्तिम समयमा ९.३३ अंकले वृद्धि

साझा पोष्ट
बुधबार, फागुन २३ २०८०
  • images
    अर्थमन्त्रीलाई पुँजीबजारको स्वागत,कारोबारको अन्तिम समयमा ९.३३ अंकले वृद्धि
    images

    काठमाडौं ।बजार खुलेदेखि ओरालो झरेको नेप्से परिसूचक लामो उतारचढावपछि अन्तत: ९ अंकले बढेर बन्द भएको छ । नयाँ सरकारको अर्थमन्त्रीमा वर्षमान पुनको चर्चासँगै बजार बढेको हो ।


    images
    images

    अघिल्लो दिन मङ्गलवार मात्रै ७० अंकले घटेको नेप्से परिसूचक बुधवार ९.३३ अंकले बढेको छ । यस दिन बजारमा ९१ लाख ३८ हजार १५४ कित्ता सेयरको खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

    सोमबार मात्रै ११७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक मङ्गलवार ७० अंकले घटेर बन्द भएको थियो । मङ्गलवार बजारमा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार तीन पटक सर्किट लागेर कारोबार बन्द भएको थियो ।

    आजको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको सेयर सकारात्मक सर्किटका सार्थ सर्वाधिक नाफामा रहेको छ । बुधवार १३ उपसमूहमध्ये  १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक १.६८ प्रतिशत बढेको छ भने अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।  
    सामान्य अंकले बढेको नेप्से परिसूचकसँगै  डोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,स्वरोजगार लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । तर यता मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य भने ९.७१ प्रतिशत घटेको छ । बुधवारको कारोबारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार