मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

ओलीले राष्ट्रपतिलाई सोधे : नोटमा नयाँ नक्सा राख्ने विषयमा तपाईंको धारणा के हो ?

ओलीले राष्ट्रपतिलाई सोधे : नोटमा नयाँ नक्सा राख्ने विषयमा तपाईंको धारणा के हो ?

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    ओलीले राष्ट्रपतिलाई सोधे : नोटमा नयाँ नक्सा राख्ने विषयमा तपाईंको धारणा के हो ?
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने विषयमा राष्ट्रपतिका सल्लाहकारले दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेलमाथि  प्रश्न उठाएका छन् ।

    images
    images

    १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयबारे राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिएको अभिव्यक्ति गैरजिम्मेवार भन्दै यसमा राष्ट्रपतिको धारणा मागेका छन्  । 

    images
    images


    नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेपछि नेपालले त्यसविरुद्ध अभिव्यक्ति दिएका थिए । एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले यो विषयलाई संसदमा गम्भीर रुपमा उठाउने बताए । ‘राष्ट्रपतिजीले सुन्नु भएको छ कि छैन ?  छैन भन्ने यही भनाइबाट सुन्नुस्’ राष्ट्रपतिको विज्ञ सल्लाहकार राष्ट्रपतिको बोली बोल्न राखिने भन्दै उनले भने, ‘राष्ट्रपतिजी के भन्नुहुन्छ ?  राष्ट्रपतिको आवाज हो कि होइन ?  हामी सोध्न चाहन्छौं ।’


    ‘नेपाल सरकारले आफ्नो भूभाग समेटेर नक्सा जारी गर्यो, नेपालको नोट हाम्रो नोट हो । धरौटी धितो राखेर छाप्छौं,’ ओलीले भने । उनले सरकारलाई पनि हरेक नोट र सिक्कामा अनिवार्य रुपमा नयाँ नक्सा राख्न सुझाव समेत दिए । हात्ती,गैंडा केके राख्नुपर्छ, राखौं’ उनले भने, ‘फ्रन्ट वा पृष्ठभागमा अनिवार्य रुपमा नयाँ नक्सा पनि राख्नुस् ।

    प्रतिक्रिया हरु
    थप समाचार