मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

रवि लामिछानेले बोलेपछि संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी

रवि लामिछानेले बोलेपछि संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    रवि लामिछानेले बोलेपछि संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी
    images

    काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोलेपछि संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले  निर्णय गरेको हो ।

    images
    images

    दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि कांग्रेसले बैठक अवरुद्ध गर्ने तयारी गरेको हो

    images
    images

    सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रविमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग कांग्रेसले राख्दै आएको छ । र,यो आफ्नो अडान रहेको कांग्रेसले प्रष्ट पारेको छ । 

    शुक्रबारको संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउन सरकार सकारात्मक नभए सदनको बैठक प्रभावित हुने बताए । उनले भने, ‘त्यस्तो अवस्था आए सम्पूर्ण जिम्मा सरकारले लिन्छ ।’

    ‘सहकारीको रकम अपचलन, हिनामिना र ठगीमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता भएको तथ्य र प्रमाण प्रशस्त छन्,’ लेखकले भने, ‘बचतको सुरक्षा, छानबिन र अपचलन गर्नेलाई कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले छानबिन स्वतन्त्र बनाउन संसदीय समिति नै हाम्रो बटमलाइन हो ।’

    कांग्रेस संसदीय दलको बैठकले सहकारीबाट हिनामिना भएको रकमको छानबिन र कारबाही गरी पीडितको रकम फिर्ता गर्नुको साटो सरकारले संवैधानिक निकायलाई समेत अनुसन्धान प्रभावित पार्न दुरुपयोग गरेको बताएको छ ।

    लेखकले भने, ‘अपराध गर्ने मानिसलाई जोगाउन सरकारले संवैधानिक निकायको प्रयोग गरेकोप्रति हामीले घोर निन्दा र भत्र्सना गरेका छौं ।’

    प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन समेत बाँडेको छ । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेका हुन् ।  प्रतिवेदनमा रवि लामिछानेको नाम पनि उल्लेख छ

    प्रतिक्रिया हरु
    थप समाचार