मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

वीरगन्जका पूर्वमेयर विजय सरावगीले एमाले छोडे

वीरगन्जका पूर्वमेयर विजय सरावगीले एमाले छोडे

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    वीरगन्जका पूर्वमेयर विजय सरावगीले एमाले छोडे
    images

    काठमाडौं । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीले नेकपा एमाले छाडेका छन्। सरावगीले साधारण सदस्यसमेत नरहने गरी एमाले पार्टीबाट राजीनामा दिएका हुन्। 

    images
    images

     गत बुधबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पठाएका उनले आज मात्रै  यसको जानकारी शुक्रबार सामाजिक सञ्जालमार्फत दिएका हुन।  

    images
    images

    नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य सरावगीले एमाले पार्टीमा आफूलाई कुनै भूमिका नदिइएको, निष्क्रिय बनाएर राखिएको गुनासो गरेका छन्। यसपछि आफू कुनै पनि दलमा नलाग्ने र स्वतन्त्र रूपमा समाजसेवामा लाग्ने उनले बताएका छन्।

    २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) बाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी गत स्थानीय तह निर्वचनभन्दा पहिले २०७८ फागुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए। 

    गत निर्वाचनमा एमालेबाट वीरगन्ज महानगरको मेयर पदमा चुनाव लडेर हारेका थिए।एमालेले २०७९ असार २७ गते केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरेको थियो।सरावगीले अब कुनै दलमा नलाग्ने बताए पनि उनी उपेन्द्र यादव नेतृत्वको जसपामै जाने चर्चा छ । 

    प्रतिक्रिया हरु
    थप समाचार