काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया अन्तर्गत न्यु साउथ वेल्सको संयोजकमा बिनोद कुँवर निर्वाचित भएका छन्। एक हजार १२ मत ल्याएर आगामी उनी दुई वर्षे (२०२३–२५) कार्यकालका लागि निर्वाचित भएका हुन्।
कुँवरका निकटतम प्रतिस्पर्धी सन्ध्या शाहले ९ सय मत ल्याएकी छन्। अशोक उप्रेतीले ८ सय ७५ मत ल्याए । न्यु साउथ वेल्सको उपसंयोजकमा दिपा जोशी, सचिवमा कल्याण खड्का, सहचिवमा राज गुरुङ, कोषाध्यक्षमा सन्दीप अधिकारी विजयी भएका छन्।
यस्तै सदस्यमा अर्जुन चौलागाइँ, अरुनचन्द्र श्रेष्ठ, अवानी पौडेल क्षेत्री, विवेक ओझा, विशाल बन, ब्रासिश सुवाल, चाबी सापकोटा, चिराज ढुंगाना, दिव्य प्रसाद प्रधान, क्रिष्ना सेढाई, लुना सिवाकोटी, रोजा प्रधान र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।
एनसीसीको सदस्यमा बिमल कँडेल, विजय पौडेल उपाध्याय, प्रकाश पाण्डे, रोशन भट्टराई, सन्तोष श्रेष्ठ निर्वाचित भएका छन्। नारी निकुञ्जको संयोजकमा सबला बस्नेत र उपसंयोजकमा सुजना श्रेष्ठले जितेका छन् ।
युवा संयोजकमा अनन्त गुरुङ, उपसंयोजकमा राहुल अर्याल विजयी भएका छन्। सदस्यमा सुमन तामाङ, सुजन श्रेष्ठ, रुपेश पौडेल र बिज्ञान ढकाल निर्विरोध चयन भएका छन्।