सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

खेलकूदमन्त्रीको असन्तुष्टि: मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ

खेलकूदमन्त्रीको असन्तुष्टि: मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    खेलकूदमन्त्रीको असन्तुष्टि: मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ
    images

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् ।

    images
    images

    बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्युन भएका कारण लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका हुन्। उनले देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउने गरेको भन्दै जनप्रतिनिधिको माग अनुसार बजेट दिन नसकिने बताए  ।

    images
    images

    उनले खेलकुद पूर्वाधारको क्षेत्र समयसापेक्ष रुपले विकास हुन नसकेको बताए । उनले नीतिगत रुपमा खेल क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताए ।

    उनले भने,  ‘मन्त्रालय कम बजेटमा चलाउनु परेको छ । देशभरका जनप्रतिनिधिहरु वडा सदस्य, गाउँपालिका प्रमुखदेखि लिएर प्रदेशका सांसद, सभामुख, प्रदेशका मन्त्रीसम्म योजना माग्न आउनुहुन्छ । उहाँहरुलाई हामीले वस्तुस्थितिको बारेमा भन्दाखेरी देशको बजेट भन्दा ठुलो माग खेलकुद पूर्वाधारको माग भएर आएको छ ।’

    मन्त्री श्रेष्ठले खेल क्षेत्रको सुधार गर्नका लागि राजनीतिक आवद्धता त्याग्नुपर्ने बताए । उनले संघहरु दलहरु अन्तर्गत रहेका भन्दै त्यसले खेल क्षेत्रको विकास हुन नसक्ने बताए । उनले दशरथ रंगशाला समय सापेक्ष नभएको भन्दै विदेशीहरुले भने अनुरुपको मापदण्ड रंगशालामा कायम गर्न नसकिएको बताए ।

    उनले युवा तथा खेलकुद मन्त्रालय यो भन्दा तल जाने ठाउँ नै नरहेको भन्दै अब जे गरेपनि राम्रो हुने बताए । दशरथ रंगशालामा खेलकुद बाहेकका गतिविधिलाई रोक्नुपर्ने पनि मन्त्री श्रेष्ठले बताए ।

    मन्त्री श्रेष्ठले दशरथ रंगशालाको विकल्पको रुपमा काठमाडौं उपत्यकाभन्दा बाहिर रंगशाला बनाउनुपर्नेमा जोड दिए

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार