शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

क्यानडाका लागि राजदूत पौड्यालले बुझाए ओहोदाको प्रमाणपत्र

क्यानडाका लागि राजदूत पौड्यालले बुझाए ओहोदाको प्रमाणपत्र

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    क्यानडाका लागि राजदूत पौड्यालले बुझाए ओहोदाको प्रमाणपत्र
    images

    काठमाडौं  । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जनरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। 

    images
    images
    images

    ओटावामा बुधबार आयोजित विशेष समारोहमा पौड्यालले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

    images
    images

    प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट जनरल मेरीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ। 

    दूताबासका अनुसार राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिएका छन् । 

    उनले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोधरहित रूपमा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नत हुन भएका प्रयासबारे पनि अवगत गराए।

    canda_dutabas_1.gif

    गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रशन्नता व्यक्त गरेको दूताबासले जनाएको छ । 

    साथै उनले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताईन् । 

    त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारी र दूतावासका कर्मचारीको उपस्थिति थियो। 

    तस्बिर: नेपाली दूताबास ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार