शुक्रबार, असार १५ गते २०८१
Logo
शुक्रबार, असार १५ गते २०८१
images

अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाईनलमा, अष्ट्रेलिया बाहिरियो

अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाईनलमा, अष्ट्रेलिया बाहिरियो

साझा पोष्ट
मंगलबार, असार १२ २०८१
  • images
    अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाईनलमा, अष्ट्रेलिया बाहिरियो
    images

    काठमाडौं । अफगानिस्तान पहिलो पटक टी–२० विश्वकप क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ ।

    सुपर एटको निर्णायक खेलमा बंगलादेशलाई डीएल मेथडमा ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक सेमिफाईनल प्रवेश गरेको हो ।

    images
    images

    १९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।


    अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ ।

    itali.jpg

    पहिले अफगानिस्तानले ब्याटिङ गरी ५ विकेटको क्षतिमा ११५ रन बनाएको खेलमा पटक पटक वर्षाले बाधा उत्पन्न गरेपछि बंगलादेशले १९ ओभरमा जितका लागि ११४ रन बनाउने लक्ष्य पाएको थियो । तर उसले १७ ओभर ४ बलमा १०९ रन बनाउँदा सबै विकेट गुमायो । १ओपनर लिट्टन दासले सर्वाधिक ५४ रन बनाए । उनले नटआउट रहँदै ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

    त्यस्तै तोहिद हृदोयले ९ बलमा १४ र सौम्य सरकारले १० बलमा १० रनको योगदान दिए ।

    कप्तान रासिद खानले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । यस्तै नवीन उल हकले पनि ३ ओभर ५ बल फाल्दै चार विकेट लिए । गुलबुद्दीन नईब र फजल हक फारुकीले समान १–१ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए ।

    कप्तान रासिद खानले १० बलमा १९ रन जोडे । उनले ३ छक्का हाने । त्यस्तै, इब्राहिम जादरानले २९ बलमा १८ रन तथा अज्मतुल्लाह ओमरजाईले १२ बलमा १० रन बनाए ।

    कसिलो बलिङ गरेको बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । त्यसैगरी तास्किन अहमद र मुस्तफिजुर रहमानले १–१ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार