मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

युरो कप-२०२४: क्रोएसिया र अल्वानियाबीच रोमाञ्चक बराबरी

युरो कप-२०२४: क्रोएसिया र अल्वानियाबीच रोमाञ्चक बराबरी

बुधबार, असार ६ २०८१
  • images
    युरो कप-२०२४:  क्रोएसिया र अल्वानियाबीच रोमाञ्चक बराबरी
    images

    काठमाडौं । युरो कप-२०२४ अन्तर्गत बुधबार भएको समूह बी को खेलमा क्रोएसिया र अल्वानियाले २-२ को रोमाञ्चक बराबरी खेलेका छन् । ह्याम्वर्गमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि कायम राख्न सकेनन् ।

    अल्वानियाले लगातार दोस्रो खेलमा सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । यसअघि इटली विरुद्ध अग्रता लिएर पनि अल्वानिया पराजित भएको थियो । दोस्रो खेलमा पनि त्यस्तै अवस्थामा पुगेको अल्वानियाले इन्जुरी टाइमको अन्तिममा गोल गर्दै क्रोएसियासँग बराबरी खेल्दै अंक जोडेको हो ।

    images
    images

    albania-vs-croatia-stats-2-2048x1364.jpg

    बराबरीपछि दुवै टोलीले १-१ अंक जोडेका छन् । यसअघि पहिलो खेलमा अल्वानिया इटलीसँग २-१ ले तथा क्रोएसिया स्पेनसँग ३-० ले पराजित भएका थिए । खेलको ११ औं मिनेटमा क्वासिम लासीले गोल गर्दै अल्वानियालाई अग्रता दिलाएका थिए । तर अन्तिम २० मिनेटको खेल रोमाञ्चक बन्दा तीन गोल भयो ।

    ७४औं मिनेटमा क्रोएसियाका आन्द्रे क्रामारिकले बराबरी गोल फर्काए । यस्तै ७६औं मिनेटमा अल्वानियाकै क्लाउस गासुलाल आत्मघाती गोल गर्दा क्रोएसियाले २-१ को अग्रता लिएको थियो ।

    तर उनै गासालुले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । भिलेनबाट नायक बन्दै गासालुले अल्वानियालाई हारबाट जोगाए । अब अल्वानियाले स्पेन र क्रोएसियाले इटलीसँग खेल्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार