मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

भारतीय गृहमन्त्रीको जिम्मेवारी अमित शाहलाई

भारतीय गृहमन्त्रीको जिम्मेवारी अमित शाहलाई

मंगलबार, जेठ २९ २०८१
  • images
    भारतीय गृहमन्त्रीको जिम्मेवारी अमित शाहलाई
    Image: The Daily Guardian
    images

    एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) नेता अमित शाहले  लगातार दोस्रो कार्यकालका लागि मङ्गलबार भारतको गृह मन्त्रालयको कार्यभार सम्हालेका छन् । 

    जिम्मेवारी सम्हालेपछि दिनुभएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उहाँले नयाँ सरकारले देशको सुरक्षालाई अर्को तहमा पु¥याउने र भारतलाई आतङ्कवाद, विद्रोह र नक्सलवादविरुद्धको सुरक्षाकवचका रुपमा निर्माण गर्ने बताएका छन् ।

    images
    images

    प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो सरकारका ३० क्याबिनेट मन्त्रीको नयाँ सूचीमा शाहलाई गृहमन्त्रीको जिम्मेवारी तोकिएको छ । पदबहाल सम्हालेलगत्तै शाहले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा राख्दै भनेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा मैले आज पुनः गृह मन्त्रालयको कार्यभार सम्हालेको छु । गृह मन्त्रालय देश र जनताको सुरक्षाका लागि सधैंजस्तै प्रतिबद्ध रहनेछ ।”

    “प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल भारतको सुरक्षाको लागि आफ्नो प्रयासलाई थप उचाइमा पु¥याउनेछ र भारतलाई आतंकवाद, विद्रोह र नक्सलवादविरुद्ध एक सुरक्षाकवचको रूपमा निर्माण गर्नेछ,” शाहले एक्समा लेखेका छन् । 

    यदि शाहले लगातार पाँच वर्ष काम गर्नुभयो भने उनि भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म गृहमन्त्री बन्ने व्यक्ति बन्नेछन् । यसअघि भारतीय राष्ट्रिय काङ्ग्रेसका गोविन्दबल्लभ पन्त र भाजपाका लालकृष्ण आडवाणी दुवैले छ वर्ष केन्द्रीय गृहमन्त्रीको रूपमा काम गर्नुभएको थियो । शाह र भाजपाका पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंहले पाँच–पाँच वर्ष उत्तर भारतको राजनीतिक जिम्मेवारी सम्हालेका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार