मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

पाकिस्तानविरुद्ध भारत ११९ रनमै अलआउट

पाकिस्तानविरुद्ध भारत ११९ रनमै अलआउट

आइतबार, जेठ २७ २०८१
  • images
    पाकिस्तानविरुद्ध भारत ११९ रनमै अलआउट
    images

    काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबिचको जारी खेलमा भारतले पाकिस्तानलाई खेल जित्न १२० रनको विजयी लक्ष दिएको छ । 

    अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै  अलआउट भयो ।

    images
    images

    भारतका लागि ओपनर द्वय कप्तान रोहित शर्मा र विराट कोहोलीले सोचे अनुरूप प्रदर्शन गर्न सकेनन् ।

    कप्तान रोहित १२ बलमा १३ रन बनाएर आउट भए । विराटले ३ बलको सामना गर्दै ४ रन बनाएर क्याच आउट भए । ऋषभ पंतले सर्वाधिक ४२ रन बनाए । उनले ३१ बलको सामना गर्दै उक्त रन जोडेका थिए ।

    अक्षर पटेलले भारतका लागि २० रनको योगदान दिए। उनले १८ बल खेल्दै एक छक्का र दुई चौकाको मदतमा टिमका लागि सो संख्या जोडेका थिए ।

    रवींद्र जाडेजा र जसप्रीत बुमराह शून्यमा आउट भए। सूर्यकुमार यादवले ७, शिवम दुबेले ३, हार्दिक पंड्याले ७ अर्शदीप सिंहले ९ रन जोडे ।

    पाकिस्तानका लािग नसीम शाह र  हारिस रउफ़ले समान ३-३ विकेट लिए । शाहीन शाह अफ़रीदीले १ र मोहम्मद आमिरले २ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार