मंगलबार, असार १२ गते २०८१
Logo
मंगलबार, असार १२ गते २०८१
images

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम धमाधम

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम धमाधम

साझा पोष्ट
शुक्रबार, जेठ १८ २०८१
  • images
    दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम धमाधम
    images

    दैलेख ।  दैलेखको जिल्लाको भैरवी गाउँपालिका-१, जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन्।


    उत्खननका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ।ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए। 

    images
    images

    कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए। 

    चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो। रासस

    प्रतिक्रिया हरु
    थप समाचार