शुक्रबार, असार १५ गते २०८१
Logo
शुक्रबार, असार १५ गते २०८१
images

सत्ता साझेदार प्रमुख तीन दलबीच ११ राजदूत नियुक्तिमा भागबण्डा

सत्ता साझेदार प्रमुख तीन दलबीच ११ राजदूत नियुक्तिमा भागबण्डा

माओवादी भन्दा रास्वपालाई धेरै, एमालेले पायो आठ राजदूत

साझा पोष्ट
बिहीबार , असार ७ २०८१
  • images
    सत्ता साझेदार प्रमुख तीन दलबीच ११ राजदूत नियुक्तिमा भागबण्डा
    images

    काठमाडौं । सत्तारुढ  प्रमुख तीन दलले ११ देशमा नियुक्त हुने राजदूतमा भागबण्डा गरेका छन् ।  

    बिहीबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री रवि लामिछानेबिच  राजदूतमा भागबण्डाको सहमति  भएको हो ।

    images
    images

    स्रोतका अनुसार एमालेले आठ, रास्वपाले दुई र नेकपा माओवादी केन्द्रले एक देशको राजदूत पाउने सहमति भएको छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन बलियो बनाएर सत्ता जोगाउन आप्नो पार्टीका लागि एक सिटमा मात्रै चित्त बुझाएका छन् ।  

    गत २४ जेठमा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती पद रिक्त छन् ।

    रास्वपाले अमेरिका र भारत मध्ये एकको राजदूत माग गरेपनि एमाले र माओवादी सहमत नभएको बताइएको छ । रास्वपाले बेलायतको राजदूत पाउन सक्नेछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार