मंगलबार, असार १२ गते २०८१
Logo
मंगलबार, असार १२ गते २०८१
images

सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

साझा पोष्ट
बिहीबार , जेठ १७ २०८१
  • images
    सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु
    images

    काठमाडौं । सुर्खेतमा भएको जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

    वीरेन्द्रनगरको रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको  छ । 

    images
    images

    सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । जीप आज बिहान दुई बजेतिर दुर्घटना भएको  ट्राफिक प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

    जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।

    जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार