आइतबार, असार ३ गते २०८१
Logo
आइतबार, असार ३ गते २०८१
images

कृषिमन्त्रीनै बने विनोदकुमार शाह

कृषिमन्त्रीनै बने विनोदकुमार शाह

साझा पोष्ट
बुधबार, जेठ ९ २०८१
  • images
    कृषिमन्त्रीनै बने विनोदकुमार शाह
    images

    काठमाडौं । नेकपा एमालेका सांसद विनोदकुमार शाह कर्णालीमा कृषि मन्त्री बनेका छन् ।  यसअघि आफैले शपथ बहिष्कार गरेको  मन्त्रालयमा बुधबार उनी नियुक्त भएका हुन्।
    शाहले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।उनलाई मुख्यमन्त्री यामलाल कँडेलले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।

    गत वैशाख १८ गते कर्णाली प्रदेशको मन्त्रिपरिषदलाई पूर्णता दिँदा पनि मुख्यमन्त्रीले उनलाई सोही मन्त्रीमा नियुक्त गरेका थिए। आफूसँग समन्वय नगरेर मन्त्रालय बाँडफाँट गरेको भन्दै शपथ बहिष्कार गरेका थिए।

    images
    images

    शाहले शपथ बहिष्कार गरेपछि कृषि मन्त्रालय खाली थियो। मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई जेठ २ गते मन्त्रिपरिषदबाट हटाएका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार