काठमाडौं। विनोद भण्डारीसहित ४ खेलाडी वेस्ट इन्डिज ‘ए’विरुद्धको टी–२० शृंखला खेल्ने नेपाली टोलीमा थपिएका छन्।
क्यानले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेकोमा चार खेलाडि थपिएका हुन् । टोलीमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारी, कमलसिंह ऐरी, लोकेश बम र सागर ढकाल थपिएको क्यान सचिव पारस खड्काले जानकारी दिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ। दोस्रो खेल आइतबार हुने छ।
यस्तै, तेस्रो खेल बुधबार हुने छ। चौथो बिहीबार र अन्तिम खेल शनिबार हुने छ। सम्पूर्ण खेल १२ः१५ बजेदेखि शुरू हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो।शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि जानेछ ।
नेपाली टोली:
रोहितकुमार पौडेल (कप्तान) , आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिलकुमार साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी, अविनाश बोहोरा, विवेककुमार यादव, आकाश चन्द, विनोद भण्डारी, कमलसिंह ऐरी, लोकेश बम र सागर ढकाल ।